विलासी वस्तु आयातमा कडाइ गर्दै राष्ट्र बैङ्क
गोरखापत्र अनलाइन
पुष ७, २०७८ बुधबार
घट्दो रेमिट्यान्स, बढ्दो विलासी वस्तु आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैङ्क आयातमा थप कठोर बनेको छ । लामो समय कोरोना सङ्क्रमणपछि खुलेको अर्थतन्त्रमा आयात ह्वात्तै बढेको छ भने आयातीत वस्तु खरिदमा बढी नै उदार देखिएको बैङ्करहरू बताउँछन् ।