माग बढेपछि तोरीखेती विस्तार
गोरखापत्र अनलाइन
पुष ६, २०७८ मंगलवार
जमिन खण्डीकरण र अन्य बालीको चापले घट्दै गएको चितवनमा तोरीखेती विस्तार हुन थालेको छ । केराखेती, कुखुरापालन, घडेरी, बाँझै छाड्नेलगायतका कारण तोरीखेतीको क्षेत्रफल घट्दै गएको थियो तर अहिले तोरीको बजार भाउ र तोरीको तेलको माग बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । अन्य खेतीभन्दा सजिलो भएकाले पनि तोरी लगाउन किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । चार वर्षयता तोरीखेतीको क्षेत्रफल वृद्धि हुँदै गएको...