सरकारी कार्यालय नै किन्दैनन् विद्युतीय गाडी, सन् २०३० सम्म विस्थापन मुश्किल
छेटु शेर्पा
फाल्गुन ५, २०७८ बिहीबार
तीन महिना अघि वेलायतमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ आैं सम्मेलन (कोप २६) मा प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ सम्ममा शुन्य इमिसन ल्याउनेमा सहमति जनाउनु भएको थियो । यस अघि सरकारले युरोपियन युनियनसँग सन् २०३० भित्र फोसिल फिउलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारी प्रयोगको दरमा बृद्धि गर्ने गरी हस्ताक्षर समेत गरी सकेको छ । तर यो लागु गर्न सरकारी कार्याललले विद्युतीय सवारी प्रयोग...