पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न मानवअधिकार आयोगको आग्रह
गोरखापत्र अनलाइन
फाल्गुन २०, २०७८ शुक्रबार
राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रियासमेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।