logo
२०८१ बैशाख ८ शनिवार



बहुसङ्ख्यक अमेरिकी घरबाहिरको काममा

फिचर |
अन्तर्राष्ट्रिय |


बहुसङ्ख्यक अमेरिकी घरबाहिरको काममा


वासिङ्टन, जेठ ३ गते। अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएपनि बहुसङ्ख्यकले आफ्नो घरबाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार हरेक दश जना मध्ये छ जनाले आफ्नो घरभन्दा बाहिर काम गर्ने गरेका छन् ।
वासिङ्टन पोष्टले गत अप्रिलको अन्त्यतिर र मे महिनाको शुरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको उनीहरुको भनाइ छ । उनीहरूले झण्डै आठ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरूको आफूले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए । पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या १४ लाख ४२ हजार ८१९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८७ हजार ५३० पुगेको छ । हरेक तीन जनामध्ये एक जनाले हरेक हप्तामा कम्तीमा एकपटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरूले जनाएका छन् ।
उनीहरूमध्ये धेरैले आफूलाई कोरोनाभाइरसको सङ्क्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । उनीहरूलाई विषेश गरेर सार्वजनिक यातायातका साधन प्रयोग गर्दा सङ्क्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए ।
सर्वेक्षणअनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरूले सबै समय मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी ३९ प्रतिशतले कुनै कुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?