logo
२०८० चैत्र १५ बिहीवार



अफगानिस्तानमा दुई हजार तालिबानी लडाकु रिहा

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा दुई हजार तालिबानी लडाकु रिहा


काबुल, जेठ १२ गते । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकुलाई जेलमुक्त गर्न आइतबार आदेश दिनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौताबमोजिम तालिबानी लडाकुहरूलाई मुक्त गरिएको जानकारी दिनुभयो ।
हाल तालिबानी विद्रोही समूह र सरकार दुवैले इद–उल फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेका छन् । राष्ट्रपति घानीले तालिबानद्वारा गरिएको युद्धविरामको स्वागत गर्दै तालिबान समूहले पनि कब्जामा राखिएका सरकारी सैनिक मुक्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रवक्ता सद्दिकीलेले ट्वीट गर्दै अफगान सरकारले शान्ति प्रक्रियाको सफलता सुनिश्चित गर्न थाँती रहेका कार्यहरू जतिसक्दो चाँडो सम्पन्न गर्न तालिबान पक्ष लचिलो हुने सरकारले विश्वास लिएको बताउनुभएको छ । यसै वर्षको फेब्रुअरी २९ मा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच कतारको राजधानी दोहामा एउटा सम्झौतामा हस्ताक्षर भएको थियो जसमा अफगानिस्तानका कारागारमा रहेका पाँच हजार तालिबान लडाकू मुक्त गर्ने एउटा प्रमुख शर्त थियो । साथै उक्त सम्झौतामा १४ महिनाभित्र अफगानिस्तानमा तैनाथ अमेरिकी समेत सम्पूर्ण विदेशी फौज हटाइने, अन्तर–अफगान शान्ति वार्ता गरिने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?