logo
२०८१ बैशाख १५ शनिवार

बागेश्वरी मन्दिरमा गेटबाटै पूजा प्रार्थना (फोटो फिचर)

फिचर |
समाज |
फोटो फिचर |


2020-10-25-25390


सिराज खान
नेपालगञ्ज, कात्तिक ९ गते । कोभिड १९ का कारण पश्चिम नेपालकै प्रमुख र प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर ६ महिनादेखि बन्द रहेकोले दसैँको अवसरमा मूल गेट बाहिरबाटै पूजा तथा प्रार्थना गर्ने व्यवस्था मिलाईएको छ ।
श्रद्धालुको मागका कारण बाहिरी मुल गेटबाटै दर्शन र पूजा, प्रार्थनाको व्यवस्था मिलाईएको बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले बताउनुभयो ।
उहाँले हिन्दुहकरूो सबैभन्दा ठूलो चाड बडा दसैँको अवसरमा यहाँका अन्य मठ मन्दिर र बजारमा पहिलेजस्तो चहलपहल र भीडभाड नभए पनि भक्तजनको विशेष आग्रहमा बागेश्वरी मन्दिरको गेट बाहिरबाटै पूजा र प्रार्थनाको व्यवस्था मिलाईएको बताउनुभयो ।
कोरोना कहरका विचपनि बन्द रहेको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको मूल गेटसम्म पुगेर पुजापाठ गर्न पाउँदा अतिनै खुशी लागेको भक्तजनहरुले बताएका छन् ।
कोहलपुरबाट दर्शन गर्न आउनुभएको दिनेश शर्माले महान चाडको बेला यतिसम्म गरेकोमा मन्दिर व्यवस्थापनप्रति आभार व्यक्त गर्नुभयो ।
हाल आएर मन्दिरको मूल गेट बाहिरबाटै पूजा गर्ने व्यवस्था मिलाईएकोले सोही अनुसार दर्शनका लागि दैनिक सयौंको संख्यामा भक्तजनहरु आउने गरेको मन्दिरका महन्त योगीले बताउनुभयो ।
कोभिड १९ कै कारण १५१ वर्षको ईतिहासमा यस वर्ष पहिलोपटक नेपालगञ्जमा रामलिला मञ्चन नगरिएको रामलिला आयोजक समितिले जनाएको छ ।