logo
२०८१ बैशाख ६ बिहीवार

सङ्खुवासभामा मखमली फूलको माग उच्च (फोटो फिचर सहित)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-11-09-26241


ध्यान कुलुङ
सङ्खुवासभा, कातिक २४ गते । खाँदबारी नगरपालिका ११ हेलुवाका सबिता राईले खाँदबारी १ को बजार नजिकै जग्गा भाडामा लिएर ब्यावसायीक फूलखेती सुरु गर्नुभएको यो दोस्राे वर्ष हो । गतवर्षभन्दा यो वर्ष तेब्बर क्षेत्रफलमा मखमली र सयपत्री फूलको खेती लगाउनुभएको छ ।
गतवर्षभन्दा यो वर्ष फूलको खेती बढाए पनि माग्नेहरुलाई पुराउन नसकिएला कि भन्ने चिन्ता छ सविता राईलाइ । तिहार आउन अझै एक हप्ताभन्दा बढी समय बाँकी हुँदा नै २१ जनाले फुलको अर्डर गरिसकेको राईले बताउनुभयो । यस वर्ष पहिले जस्तो बजार नलाग्ने भएकोले बगैचामा नै आएर फूल माग्नेहरुको संख्या अत्याधिक रहेको राईको भनाई छ । यस वर्ष करिव ५ रोपनी क्षेत्रफलमा लगाएको मखमली र सयपत्री बगैचाबाट नै विक्ी भईसक्न लागेको राईले बताउनुभयो । बार्षिक ४० हजार रुपैयाँमा १२ रोपनी जग्गा भाडामा लिनुभएको हो । त्यसमध्येको ५ रोपनी क्षेत्रफलमा फूलको बिरुवा लगाउनुभएको हो ।
राईले गतवर्ष फूलको डाँठसहितको मुठा बनाएर सय रुपैयाँको दरले खाँदबारी बजारमा विक्री गर्नुभएको थियो । लगभग एक बोटले एक मुठा बनाएको मखमली फूलबाट गत वर्ष ५० हजार रुपियाँभन्दा बढी आमदामी गरेको सविता राईका श्रीमान भोला राईले जानकारी दिनुभयो । यस वर्ष झण्डै तेब्बर क्षेत्रफल बढाएर खेती लगाएकोेले आमदामी पनि बढ्ने राईले विश्वास ब्यक्त गर्नुभयो । ‘पोहोर पहिलो पटक बिरुवा लगाउँदा विक्री हुँदैनकी भन्ने थियो तर राम्रो दाम पाएकोले यो वर्ष बढाएका हौं’, राईले भन्नुभयो । यस बर्ष पनि फुूको माग राम्रो भएकोले अर्को बर्ष अझ ब्यवस्थीत तरिकाले खेती लगाउने उहाँले बताउनुभयो ।
खाँदबारी बजारमा सयपत्री भन्दा मखमली फूलको माग धेरै रहेको भोला राईको भनाई छ । स्थानीय जातको मात्र सयपत्री फूलको बिरुवा लगाएकोले उत्ति राम्रो उत्पादन समेत नभएको उहाँले अनुभव सुनाउनुभयो । अर्को वर्ष भने सयपत्री फूलको उन्नत जातको बिरुवा खोजेर रोप्ने योजना बनाएको राईले बताउनुभयो । रोपेको करिव २ महिनामा नै फुल फुल्ने हुँदा छाटो समयमा नै आमदामी लिन सकिने भएकोले यो खेती लाभदायी रहेको समेत राईको भनाई छ ।
सङ्खुवासभामा ठूलो परिमाणमा पुष्प खेती गरिदैन । अधिकांशले कोठेबारीमा रोपेको फूल नै प्रयोग गर्ने गर्छन् । हावापानीको प्रभाव तथा अन्य कारणले फूलको उत्पादन कम हुँदा बजार क्षेत्रमा फूलको अभाव हुँदै आएको छ । गत वर्ष  पनि जिल्लामा फूलको उत्पादन कम हुँदा धनकुटाबाट फूल ल्याएर विक्री गरिएको थियो ।