logo
२०८१ असोज ८ मंगलवार

दाङको लमहीमा आगलागी‚ छ घर जले

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-03-15-33763



दिवाकर पोख्रेल
देउखुरी, चैत २ गते । दाङको लमहीमा आगलागी हुँदा छ घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित सोमबार बिहान १० बजे विद्युतको तार सट भइ छ वटा खरका छाना भएको घरमा पूर्ण रुपमा क्षति भएका हुन् ।

अहिले लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले आगलागीबाट लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको जानकारी दिनुभयो । आगलागीबाट के कती क्षती भएको भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । गर्मीयाम सुरु भएसँगै देउखुरीका विभिन्न क्षेत्रमा अागलागीको घटना सुरु भएको छ ।