logo
२०८१ असोज ८ मंगलवार

माछापालनबाट मासिक एक लाख आम्दानी (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-03-23-34222


सलिममियाँ अन्सारी
बिजुवार, चैत ७ गते । प्युठान नगरपालिका–२, खैराका ४६ वर्षीय भोजबहादुर बस्नेतले जागिर छाडेर माछापालन व्यवसाय सुरु गर्नुभएको छ । बुटवल पावर कम्पनी दारिमचौरमा अधिकृत स्तरको अर्धसरकारी जागिर छोडेर उहाँ माछापालनमा लाग्नुभएको हो।
बस्नेतले १ करोड १० लाख रुपियाँ लगानीमा ५६ रोपनी जग्गा भाडामा लिएर एक वर्षदेखि माछापालन थालेको बताउनुभयो। ’जागिरभन्दा व्यवसाय नै राम्रो लागेर आफ्नै ठाउँमा माछा पाल्न थालेको हुँ।’ उहाँले भन्नुभयो।
व्यावसायिक माछा उत्पादनसँगै भुरा उत्पादनका लागि बस्नेतले माछा नर्सरीसमेत सञ्चालन गर्नुभएको छ । अहिले १२ वटा पोखरीमा एक लाखभन्दा बढी माछाका भुरा छ्न। पोखरिमा कमन, सिल्बर , बिगेट, रौ रोहनी, भ्याकुर, ग्रास् कार्प गरी सात प्रजातिका माछा पालिएको छ ।
वार्षिक ८० क्विन्टल सम्मको क्षमता रहे पनि यो वर्ष ४५ क्विन्टल मात्र माछा उत्पादन भएको बस्नेतले जानकारी दिनुभयो। माछा फर्ममा ४ जनाले काम पाएका छन् ।
उनीहरुलाई तलब दिएर मासिक १ लाख रुपियाँ कमाउने गरेको बस्नेतले बताउनुभयो। 'यहीका स्थानीयको माग अनुसार माछा पु-याउन सकेको छैन।’ उहाँले भन्नुभयो।

ग्राहकले पोखरीबाटै माछा किनेर लैजाने गरेका छन् । बस्नेतका अनुसार माछा प्रतिकिलो ४ सय ५० र माछाका भुरा भने प्रतिकिलो ३६५ रुपिया थोकमा बिक्री हुँदै आएको छ।

त्यस्तै प्यूठान – ९ चिसापानीका दिन बहादुर जीसी जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा माछापालन गर्न कृषक हुनुहुन्छ। उहाँले विसं २०६० साल देखि माछा पाल्नु भएको हो। माछाबाट वर्षमा करिब १५ लाख कमाउदैँ आएको जिसीले बताउनुभयो । जिल्लाको झिमरुक उपत्यका तथा माडि क्षेत्र माछापालनका लागि उत्तम क्षेत्र मानिन्छ ।