logo
२०८१ असोज ७ सोमवार

गाईघाट झरनाः भुलिन्छ दुनियाँ, रम्छ मन (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-04-25-36188


नवीन शिशिर विक
बागलुङ, वैशाख १२ गते । काम विशेषले गलकोट नगरपालिका पुग्नुभएका बागलुङ नगरपालिका–२ निवासी तोयानाथ उपाध्या फुर्सद निकालेर गाईघाट झरना अवलोकन गर्न पुग्नुभयो । गाईघाट झरनाको बारेमा धेरै चर्चा सुने पनि उहाँ त्यहाँ पुग्नु भएको थिएन । सामाजिक सञ्चालनमा देखिएका फोटो भिडियोले एक पटक गाईघाट पुग्ने उत्सुकता जगाएको थियो । ‘नमरे स्वर्ग देखिँदैन’ भने जस्तै झरनामा पुगे पछि मात्रा महसुस भयो–‘गाईघाट झरना वास्तमै दुनियाँ भुलाउने र मन रमाउने रैछ ।’
वरिपरि दुई ठूला पहाड, त्यही पहाडको बीचभागबाट छङ्छङ् गर्नेे झरना, र झरना छेउमा कलकल बग्ने दरमखोलाको मिश्रीत दृष्यले जो कोही प्रकृति प्रेमीलौ लोभ्याउने गर्छ । गर्मी मौसम सुरु भएपछि गर्मी छल्न कै लागि आन्तरिक पर्यटकहरु झरनामा पुग्न थालेको पत्रकार बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

‘गलकोट आउने पर्यटक एक पटक झारना पुग्नु पर्छ भन्ने संस्कृतिको विकास हुन थालेको छ’ उहाँले भन्नुभयो– अग्लो छाँगाबाट खस्ने आकर्षक झरना, झरना खस्ने पहाड भित्रको गुफा, व्यवस्थित पोखरीले पर्यटकलाई लोभ्याउने गर्छ ।’ झरनासम्म पुग्ने सडक मार्गको पहुँच सहज भएको हुँदा व्यक्तिगत तथा सामूहिक रुपमा जान सजिलो र पहुँच योग्छ ।

बागलुङको ताराखोला गाउँपालिका–१ मा पर्ने गाईघाट झरनाले अहिले मुहार फेरेको छ । गाउँलेले प्रकृतिको देन भनेर पुकार्ने झरना पर्यटकीय गन्तव्य बनेको छ । पूर्वाधार र प्रचारप्रसारले झरना आगन्तुकको रोजाइमा परेको हो ।

व्यवस्थापन र विकासको जिम्मा अहिले गाउँपालिकामा सरेको छ । गाउँपालिकाले झरना घुम्नको लागि प्रतिव्यक्ति ३० रुपियाँ शुल्क निर्धारण गरेको छ । टिकटको जिम्मा बोलपत्र आह्वान मार्फत स्थानीय नरेश केसीले पाउनुभएको छ । गाउँपालिकाले वार्षिक ५० हजार रुपियाँ रोयल्टी असुल गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिएको हो । विद्यार्थीलाई भने ५० प्रतिशत छुट दिएको घर्तीले बताउनुभयो ।
सदरमुकाम बागलुङ बजारदेखि ५० किमि मोटर यात्रामा गाईघाट पुग्न सकिन्छ । चार वर्षअघि गलकोट घुम्टे पर्यटन विकास केन्द्रको पहलमा झरनाको योजनाबद्ध विकास अघि बढेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट झरना किनारमा पौडी पोखरी, वनभोज, विश्राम स्थल, पदमार्ग लगाएतका भौतिक संरचना बनेका छन् ।

गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । ५० जना जति अट्ने गुफा केही वर्षअघि फेला परेको थियो । झरनालाई थप आकर्षक र पर्यटक मैत्री बनाउन पौडी पोखरी तथा निजीक्षेत्रको लगानीमा रिपोर्ट सञ्चालनको तयारी भैरहेको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।