logo
२०८१ मंसिर ९ आईतवार

आजदेखि आन्तरिक हवाइ उडान सुरु (फोटो फिचरसहित)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-07-01-40896
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


काठमाडौँ, असार १७ गते । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि शुरु भएको नियमित आन्तरिक उडानलाई सङ्क्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर वर्षा र बदली कायमै रहे पनि निर्वाधरूपमा उडान भइरहेको विमानस्थलले जनाएको छ । 

तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र