logo
२०८१ मंसिर ९ आईतवार

मर्स्याङदीको बाढीले झोलुङ्गे पुल भत्कियो (फोटो फिचरसहित)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-07-02-40969


अमरराज नहर्की
तनहुँ,, असार १८ गते । मर्स्याङदी नदीमा आएको बाढीले तनहुँ र गोरखा जोड्ने झोलुङ्गे पुल भत्किएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ को एक्लेफाँट र गोरखाको गोरखा नगरपालिका–४ गोप्लिङ्ग जोड्ने पुल भत्किएको आँबुखैरेनी गाउँपालिका –२ का वडाध्यक्ष कटकबहादुर थापाले जानकारी दिनुभयो ।

पुल भत्किएपछि त्यस क्षेत्रमा करीव १० हजार जनालाई आवतजावतको लागि समस्या परेको वडाध्यक्ष थापाले बताउनुभयो । पुल ६ वर्ष अघि निर्माण गरिएको दुई साता अघि आएको बाढीले पुलको संरचनामा नोक्सान पु-याएको बिहीबार साँझ पूर्णरुपमा भत्किएको वडाध्यक्ष थापाले बताउनुभयो । ‘‘पुलको भत्किएपछि ७५ प्रतिशत भाग पानीमा डुबेकोले आवतजावत बन्द भएको छ’’ वडाध्यक्ष थापाले भन्नुभयो । तनहूँको, एक्लेफाँट, बराँदी, अकला, गोरखाको गोप्लिङ, गोर्वुङ, सलाङगिरी र धार्मिकस्थल अकला मन्दिरमा आउने भक्तजनलगायतका स्थानीय आउजाउ गर्ने पुल भएको र गण्डकी प्रदेश सरकारलाई निर्माण पहल गरिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

पुलमा क्षति पुगेपछि मर्स्याङदी जलविद्युतको ड्यामको बाटोबाट वारपार गर्नुपर्ने अवस्था आएको आँबुखैरेनी गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । ड्याममा नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको २४ सै घण्टा खुला नहुने भएकोले आवतजावतमा समस्या परेको उहाँले बताउनुभयो ।  पुल भत्किएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्’’ सूचना अधिकारी डोटेलले भन्नुभयो ।