logo
२०८० चैत्र १६ शुक्रवार

दुर्गम वस्ती, अवकाश जीवन, लोभलाग्दो तरकारी खेती (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-07-21-42491


राजन रावत
हुम्ला, साउन ६ गते । सरकारी जागिरबाट एक वर्ष अघि अवकाश प्राप्त सिमकोट गाउँपालिका–५ का धर्मराज रोकायाको तरकारी खेती लोभ लाग्दो देखिएको छ । सुरुमा काममा व्यस्थ हुन सुरु गर्नु भएको तरकारी खेतीबाट कमाई पनि राम्रो हुन थालेपछि पेशाका रुपमा अहिले लिनु भएको हो ।

सुरुमा काम गर्ने उदेश्यले सुरु गर्नु भएका रोकायाले तरकारी खेतीबाट हाल दैनिक रुपमा पैसा नगदै आउन थालेको बताउनुभयो । दैनिक दुई हजारसम्म तरकारी बिक्रीबाट उहाँलाई नगद आउने र त्यो पैसा सिधै बैंकको खातामा जम्मा गर्ने गर्नु भएको छ । मौसमीभन्दा बेमौसमी तरकारीबाट बढी कमाई हुने बताउने उहाँले अब आफ्नो शरिरले धानेसम्म यो पेशा नछोड्नै सोच बनाउनु भएको छ । बिहान छ बजे नै घरबाट निस्कर बारीमा पुग्ने रोकायाले एक पटक घरमा खानाको समय बाहेक अन्य समय बारीमै बित्ने बताउनुभयो । उहाँलाई श्रीमति मुसी रोकायाले सघाई रहनु भएको छ ।

बार्षिक साढे तीन लाखसम्म कमाई तरकारीबाट उहाँलाई हुने गरेको । दुई रोपनी जमिनमा खेती गरिएको तरकारी बिक्रीका लागि बजारमा पनि जानु नपर्ने उहाँले बताउनुभयो । दुई वटा ग्रीन हाउस र बाँकी खाली जग्गामा तरकारी खेती गर्नु भएको छ । काउली, बन्दा, टमाटर, प्याज, लसुन, धनियाँ लगाएतका तरकारी उत्पादन हुने गरेका छन् । यो उक वर्षमा उहाँले तेस्रो पटक तरकारी उत्पादन गरेर बिक्री सुरु गर्नु भएको छ । एक पटक फेसबुकमा तरकारी बिक्रीका लागि राखिएको मोवाईल नमबरले काम गर्ने गरेको छ । तरकारी किन्ने ग्राहकले अघिल्लो दिनमा तरकारी किन्ने बारे सोध्ने र पछिल्लो दिन बिहान बारीमा गएर उतै आएका ग्राहकलाई बिक्री गर्नु गर्नु भएको छ ।