logo
२०८१ असोज ३ बिहीवार

मुहान बाढीले बगायाे एक घण्टा टाढाको धमिलो पानी बोक्न बाध्य (फोटो फिचर)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2021-08-15-44438


राजन रावत
हुम्ला, साउन ३१ गते । घर छेउमा भएको खानेपानीको धारामा पानी आउन छोडेपछि नाम्खा गाउँपालिका वडा नम्बर ५ को तुम्कोट गाउँका स्थानीय एक घण्टा टाढाको नदीबाट खानेपानी प्रयोग गर्न बाध्य हुँदै आउनुभएको छ । गत साउन २० गतेको बाढीले खानेपानीको मुहान र पाइपलाई बाढीले बगाएपछि स्थानीयलाइ पानी बोकेर प्रयोग गर्नुपर्ने बाध्यता आएको हो ।
तुम्कोटका छिम्जोक लामाले १२ दिनयता घरको एक जना सदस्यको कामै पानी बोक्ने भएको बताउनुभयो । घर नजिकको धारामा आउने पानीको मुहान बाढीले बगाएर लगेपछि पानी आउन रोकिएपछि यसरी टाढाको धमिलो पानी प्रयोग गर्न स्थानीय बाध्य भएको उहाँले बताउनुभयो । धाराको शुद्ध पिउने पानी प्रयोग गरिरहेका बेला प्रकृतिका अगाडि उहाँहरुको केही नलागेपछि यो अवस्था आएको हो । २५ घरधुरीका स्थानीय बासिन्दा अहिले दैनिक खाली ग्यालेन बोकेर लाइन लागेर पानी बोक्दै गरेको दृश्य निक्कै गहन देखिने गरेको । केही महिना अगाडि ग्रामीण जलस्राेत व्यवस्थापन परियोजना, गाउँपालिका र उपभोक्ता समितिको लागत साझेदारीबाट निर्माण भएको सो खानेपानी योजना बन्द भएको हो । गाउँमा बनेका छ वटा धारा भने राम्रै भए पनि पानी आउन छाडेको छ ।