logo
२०८१ जेष्ठ १ मंगलवार

  दृश्य समाचार  



के हो अल्जाइमर ?

स्वास्थ्य |
मुख्य समाचार |
भिडियो |


के हो अल्जाइमर ?


सनम महर्जन, दृश्य: मनोजरत्न शाही र केशव गुरुङ्ग

काठमाडौं, मङ्सिर २१ गते । सम्झने क्षमता कम हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमरले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, र्बिसने, अरुलाई विश्वास गर्न नसक्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने अवस्थामा पुर्याउने विज्ञको भनाइ छ । यो मस्तिष्कका विकृतिको समूहगत रोग हो । जसले सोच, स्मृति, निर्णय क्षमता तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । सुरुको अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस नगर्दा यो रोग विस्तारै बढ्दै जान्छ ।

मानिसको उमेर बढ्दै जाँदा यो रोग धेरै व्यापक हुँदै गएको छ । सन् २०५० सम्ममा विश्वका १ प्रतिशत भन्दा बढी मानिसलाई यो रोगले लाग्ने अनुमान गरिएको छ ।

तनाव र विभिन्न समस्याका कारण महिलामा अल्जाइमर रोगको जोखिम बढेको छ । अन्तर्राष्ट्रिय पत्रिका ‘गैरियाटिक साइके्रटिमा’ प्रकाशित एक रिर्पोटअनुसार तनावबाट जन्मिने हार्मोन महिला र पुरुषमा अलग–अलग उत्पन्न हुने गर्दछ । यसरी पुरुषको तुलनामा महिलामा अल्जाइमर रोग अत्यधिक रुपमा बढ्ने गर्छ ।

अल्जाइमर रोग विश्वभर फैलिएको छ । विश्वका झण्डै ४७ मिलियन मानिस अहिले डिमेन्सिया अर्थात् भुल्ने कारण हुने पागलपनबाट प्रभावित छन् । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउने चिकित्सकको भनाइ छ ।

अल्जाइमर्स एसोसियसनका अनुसार ६० वर्ष भन्दा बढी उमेरका महिला अल्जाइमर पीडित हुन्छन् । अहिलेसम्म अल्जाइमरको ओषधि बनेको छैन ।

अमेरिकाका जोन हप्किन्स युनिर्भसिटीका प्रोफेसर सिंथिया मुनरो भन्नुहुन्छ, ‘हामी मानिस समस्या र तनावबाट मुक्त हुन सक्दैनौँ । तर तनावबाट कसरी मुक्त हुने भन्ने समाधान पक्कै आफैसँग हुन्छ । अल्जाइमरको पुरा उपचार छैन । उपचार प्रक्रियाले एक अवस्थाबाट अर्को अवस्थामा बल्झिन नदिने काम गर्ने विज्ञको भनाइ छ । अहिलेसम्म बनेका औषधि अनुसन्धानकै क्रममा रहेको विज्ञको भनाइ छ ।

अल्जाइमर सुरुवाती चरणमा भए मल्टी भिटामिन, एन्टी अक्सिडेन्ट, फिस ओइलको सहयोगबाट दिमागका कोसिकालाई सन्तुलन राखेर उपचार विधि सुरु गरेर रोग बल्झिनबाट रोक्न सकिन्छ । अन्य उपचार विधि भनेको ध्यान, दिमागको थेरापी रहेको ज्येष्ठ नागरिक विशेषज्ञ डा. रमेश कँडेलले बताउनुभयो ।

अल्जाइमरका औषधि पहिले भारतबाट ल्याउने गर्थे । अहिले विभिन्न अल्जाइमर सम्बन्धी संस्थाले गर्दा सहज रुपमा नेपालमा पनि बजारमा उपलब्ध छन् । निर्मुल नहुने भएकाले यसको रोकथाम गर्दा भविष्यमा यसबाट हुने समस्याबाट बच्न सकिन्छ । यसको लागि बजारमा अल्जाइमर सम्बन्धी औषधि उपलब्ध छ ।

अल्जाइमरको सही समयमा उपचार गर्न सकियो भने यसलाई कम गर्न सकिन्छ । यो रोगले बिरामीसँगै उसका आफन्तलाई पनि उत्तिकै दुःख दिन्छ । व्यक्तिमा अल्जाइमर देखा पर्ने बित्तिकै उपचार गरिएन भने तीनदेखि चार वर्षसम्म बिरामीको मृत्यु हुनेगर्छ । अल्जाइमर्समा मृत्युको मुख्य कारण खाना सर्किनु हो । खाना फोक्सोमा जानुलाई निमोनाइटिज भनिन्छ जुन मृत्युको मुख्य कारण भएको चिकित्सकले बताएका छन् ।

कँडेलका अनुसार अल्जाइमर दीर्घ रोग हो । हामी उमेरलाई रोक्न सक्दैनौँ तर उमेर अनुसार आहार, जीवन जिउने कला सिक्नुपर्दछ । यसले भविष्यमा अल्जाइमरबाट बच्न सहयोग गर्दछ । मानसिक रुपमा सक्रिय रहँदा यसबाट बच्न सकिन्छ ।

अल्जाइमरबारे जान्नुपर्ने केही तथ्य
– समान्यतया ६५ वर्षको उमेरपछि यो रोग लाग्छ,
– रोग लागेपछि पाँच वर्षमा यसको प्रभाव दुई गुणा बढ्दै जान्छ,
– बढी संवेदनशील स्वभाव हुने हुँदा महिलामा यो रोग बढी लाग्छ,
– वंशााणुगत र टाउकोमा बढी चोटपटक लागेको व्यक्तिमा यसको असर देखिन्छ,
– उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल, डिप्रेसन र मानसिक बिरामी, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति र अधिक मोटोपना भएका व्यक्तिमा यो रोग बढी देखिएको छ ।

सुरुको अवस्था
– तत्कालीन घटना एवम् कुराकानी बिर्सने,
– असामान्य तरिकाले हिँड्नु,
– धेरै बिर्सनु,
– एकाग्रतामा कमी हुनु ।

मध्यम अवस्था
– आफ्नो पहिचान बिर्सनु,
– धेरै वादविवाद गर्नु,
– राम्रो, नराम्रो र खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु,
– समाजबाट एक्लिनु ।

गम्भीर अवस्था
– वजन घट्ने,
– आफन्त, साथी र परिवाका सदस्य नचिन्ने,
– खानेकुरा चपाउन र निल्न नसक्ने,
– चेतना हराउने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?