logo
२०८१ बैशाख १६ आईतवार

चीनको सीमा कोरला जोड्ने सडक कालाेपत्रे हुँदै (फोटो फिचरसहित)

फिचर |
फोटो फिचर |


2021-12-21-53469


ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस ६ गते । चीनको सिमाना कोरला नाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा कालोपत्रे गर्न थालिएको छ । मुस्ताङको कैकु खोलादेखि खन्तीसम्म २० किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

आयोजनाको म्याग्दी खण्डमा प्रगति अपेक्षानुसार नभए पनि मुस्ताङ खण्डमा भने सडक निर्माण सन्तोषजनक छ । सडक कालोपत्रे भएपछि मुस्ताङ भ्रमणमा पुग्ने पर्यटकले राहत मानेका छन् ।

यो खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न शर्मा गजुरमुखी जेभी सँग ५४ करोड ३० लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । यो खण्डको अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।

जोमसोमदेखि कोरला नाकासम्मका ११० किलोमिटर सडक मध्ये ८५ किलोमिटर सडकको निर्माण सम्पन्न भएको छ । यो खण्डमा ग्राभेल सडक हो ।

 मुस्ताङदेखि कागबेनीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्नका लागि आयोजनाले रौताह आत्रय सरस जेभीसँग २८ करोड रुपियाँमा ठेक्का सम्झौता गरिएको हो ।