logo
२०८१ बैशाख १३ बिहीवार

सङ्खुवासभाको किमाथाङ्कामा बाक्लो हिमपात (फोटो फिचर)

फिचर |
प्रदेश |
फोटो फिचर |


2021-12-26-53913


ध्यान कुलुङ
सङ्खुवासभा, पुष ११ गते । जिल्लाको किमाथाङ्का नाका क्षेत्रमा बाक्लो हिमपात परेपछी जनजीवन कष्टकर बनेको छ । शुक्रबार साँझदेखि हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण पशु चौपायमा बढी असर पुगेको स्थानीयको भनाई छ । नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन् । बाँधिएका पशु चौपायालाई घाँस, पानी दिन नसकिएको किमाथाङ्काकाका थुजुक भोटेले जानकारी दिनुभयो ।

किमाथाङ्का क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको किमाथाङ्का प्रहरी चौकीका ईञ्चार्ज टीकाराम राईले जानकारी दिनुभयो । हिमपातपछि जाडो बढ्दा बालबालिका र बुढाबुढी बढी समस्यामा परेको छन् । गरिवीका कारण बाक्लो र न्यानो कपडा नभएकाहरुमा जाडोको असर बढी परेको स्थानीयको भनाई छ ।