उडुस मार्दै रात काट्दै कैन्दीबन्दी
रासस
फाल्गुन ९, २०७७ आईतवार
वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मानिस । नजिकै शौचालयबाट आइरहेको ह्वास्स दुर्गन्ध । यो कष्टकर र अत्यासलाग्दो अवस्था हो – जिल्ला कारागारको ।
मापदण्डअनुसारको यहाँको कारागारको संरचना छैन । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ...