कास्कीमा ५३ जनासहित गण्डकीमा आज थपिए ७६ संक्रमित
गोरखापत्र अनलाइन
कार्तिक १, २०७७ शनिबार
कास्कीमा ५३ जनासहित गण्डकी प्रदेशमा ७६ जना कोरोना संक्रमित थपिएका छन् । चितवन र पोखराका ल्याबमा गरिएका परीक्षणमा ८ जिल्लामा आज ७६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज थपिएका संक्रमितमध्ये कास्कीमा ५३, गोरखामा ९, नवलपरासीमा ५, तनहुँमा ३, स्याङ्जा र बागलुङमा २ र २, लमजुङ र म्याग्दीमा १ र १ संक्रमित थपिएका छन् ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।
तीमध्ये ३ हजार ५...