प्रदेश १ मा एकैदिन चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु
गोरखापत्र अनलाइन
आश्विन १४, २०७७ बुधबार
प्रदेश १ मा बुधबार एकै दिन चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड उपचार केन्द्र, वीपीको कोभिड अस्पताल र नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका चारजनाको मृत्यु भएको हो ।
कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बुधबार सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय वृद्धको मृत्यु भएको छ । स्पतालको आइसोलेसनमा भर्ना पश्चात उपचारका क्रममा बृद्धाको मृत्यु भएको हो ।