बुटवल र बाँकेमा थप पाँच जनाको मृत्यु, मृतक अधिकांश दीर्घ रोग
गोरखापत्र अनलाइन
आश्विन १५, २०७७ बिहीबार
कोरोना संक्रमणबाट बुटवल, भैरहवा र बाँकेमा थप चार जनाको मृत्यु भएको छ । उहाँहरुको नेपालगञ्ज र बुटवलमा सञ्चालनमा रहेका कोरोना अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । अधिकांश मृतकहरुमा दीर्घ रोग रहेको अस्पतालहरुले जनाएका छन् ।
मृतक दुबै पुरुष बुटवल समाचारदाताका अनुसार बुटवलमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । बुटवल धागो कारखानाको कोरोना विशेष (अस्थायी) अस्पतालमा बुधबार राति बुटवल उपमहानगरपालिका वडा नंं. ८...