बाँकेमा संक्रमितको संख्या दुई हजार नजिक पुग्यो, भेरीमा ७५ शय्या थपिने
गोरखापत्र अनलाइन
आश्विन १६, २०७७ शुक्रबार
निषेधाज्ञा र लकडाउनलाई खुकुलो बनाएसँगै नेपालका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमित थपिने क्रमले तीब्रता पाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या बढेर अहिले दुई हजार नजिक पुगेको छ । जिल्लाका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बाँकेमा कुल संक्रमितको संख्या १९८३ पुगेको बताउनुभयो । उहाँले ती मध्ये १५४२ जना कोरोना मुक्त भएर घर फर्किसेकेको पनि जनाउनुभयो ।
यसैगरी, कोरोनाबाट...