२० वर्ष बाँझो रहेको जग्गामा सामूहिक आलु खेती
रासस
जेष्ठ २३, २०७७ शुक्रबार
बीस वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक आलुखेती शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले शत प्रतिशत अनुदानमा बीउ, मल, औषधि, प्राविधिक सहयोग दिएपछि किसानहरू बाँझो जग्गालाई हराभरा बनाउन जुटेका हुन् ।
कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलु खेतीमार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।