दैलेखमा एकै दिन ११४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २१८ पुग्यो
गोरखापत्र अनलाइन ,
जेष्ठ २२, २०७७ बिहीबार
दैलेखमा थप ११४ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा १०६ र प्रदेश अस्पताल सुर्खेतकाे पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे हाे ।