उपत्यकाका सडकमा बढ्यो सवारी चाप (फोटो फिचर)
गोरखापत्र अनलाइन
बैशाख २८, २०७७ आईतवार
सरकारले आइतबारदेखि काठमाडौं उपत्यकामा लकडाउन केही खुकुलो गरेपछि उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको छ । आइतबारदेखि राजधानीमा आंशिकरुपमा सरकारी कार्यालय, प्राइभेट कार्यालय, बैंक तथा वित्तिय संस्थाका कार्यालय खुलेपछि सडकमा सवारीसाधनको चाप बढेको हो ।
यस अवधिमा सरकारले सडकमा सवारीसाधनका लागि कार्यालय समयमा मात्र सवारी साधान गुडाउन दिने उद्देश्य अनुरुप टाइम कार्ड लागु गरेर सवारीसाधन चलाउन समय छुट्याइएको छ...