शुक्रबार थप दुईजना डेङ्गु संक्रमण भेटियोे
गोरखापत्र अनलाइन ,
बैशाख २६, २०७७ शुक्रबार
उच्च ज्वरो आउनु, शरीरमा जाडो हुनु र जोर्नीहरु दुख्ने समस्या लिएर बेनी अस्पतालमा उपचार लागि आएका दुईजनाको परीक्षण गर्दा डेङ्गु संक्रमण पोजिटिभ देखिएको छ ।बेनी नगरपालिका–५ भिरमुनीका २० वर्षीय युवा र बेनी नगरपालिका–६, छापका २३ वर्षीय युवामा शुक्रबार डेंगु पुष्टि भएको बेनी अस्पतालका मेडिकल रेकर्र्डर सुपरभाइजर प्रकाश शर्माले बताउनुभयो ।