३७९ जनाको रिपोर्ट नेगेटिभ, ४३ जनाको रिपोर्ट आउन बाँकी
गोरखापत्र अनलाइन ,
बैशाख २७, २०७७ शनिबार
सप्तरीमा कोरोनाका शंकास्पद ३७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । । र, ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल र स्वास्थ्य कार्यालयले जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका मानिस, जमाती बसोबास क्षेत्र तथा अन्य शंकास्पद मानिसका गरी कूल ४२२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि धरान स्थित बीवी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
स्वास्थ्य कार्यालयले...