कोरोना परीक्षणका लागि उदयपुरका थप ९१ को स्वाब सङ्कलन
गोरखापत्र अनलाइन ,
बैशाख १५, २०७७ सोमबार
कोरोना भाइरस प्रभाबित क्षेत्र आसपासमा सोमबार थप ९१ जना को स्वाबको नमूना सङ्कलन गरिएको छ । दुई बच्चा, १५ महिला सहित ९१ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि सोमबारै प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले बताउनुभयो ।
कोरोना संक्रमणको ईपिसेन्टर भुल्के बनेपछि यहाँका स्थानीयबासी त्रसित भएका छन् । सरकारले स्वाब परीक्षण गर्ने किटस...