नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति
रासस
बैशाख १४, २०७७ आईतवार
नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, रेञ्जर यामबहादुर रावत तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, कोषका संरक्षण अधिकृत सन्तोष भट्टराई सम्मिलित टोलीले उक्त सर्पको पहिचान...