दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र
गोरखापत्र अनलाइन ,
बैशाख १५, २०७७ सोमबार
लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना नेपाली रोकिएका छन् । उहाँहरूलाई नेपाल ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । यस्तै बैतडीसँग जोडिएको भारतमा छ सय र दार्चुलापारि भारतको धार्चुलामा एक हजार एक सयभन्दा बढी नेपाली रोकिएका छन् । नेपालीलाई भारतीय पक्षले खाने, बस्ने व्यवस्थासहित...