सन्दर्भ मदन भण्डारीकाे ७० औँ जन्मजयन्ती, 'जबज’ विचारमा राजनीति एक ठाउँमा ध्रुवीकृत हुँदै
रासस
असार १३, २०७८ आईतवार
‘‘मदन भाषणकलामा जो कोहीलाई लट्ठ पारिदिन्थे । दौडिरहेका विपक्षीसमेत टक्क अडिएर उनको भाषण सुन्थे । कांग्रेसीहरु मलाई सोध्थे– ‘होइन, मदनले भाषण रटेर आउँछन् कि स्वत : प्रस्फुटन भएको’ ?’’ पञ्चायती व्यवस्थाविरुद्ध युवा कम्युनिष्टले चार दशकअघि चलाएको ‘झापा विद्रोह’ का एक अगुवा राधाकृष्ण मैनालीले आफ्नो ‘नलेखिएको इतिहास’ पुस्तकमा जननेता मदनकुमार भण्डारीको व्यक्तित्व–विवेचनामा यस्तै शब्द खर्चनुभएको छ । उसबेलादेखि...