बाढीपहिरो प्रभावितलाई खोप लगाउन प्राथमिकता दिने स्वास्थ्य मन्त्रालयको निर्णय
रासस
असार ११, २०७८ शुक्रबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गर्नुभएको हो ।
उहाँले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताउनुभयो । “कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ”, उहाँले भन्नुभयो,...