पर्यटकलाई आकर्षित गर्न तनहुँमा च्यवनधाम कृत्रिम हिमाल निर्माण
गोरखापत्र अनलाइन
असार १४, २०७८ सोमबार
प्रसिद्ध धार्मिक तिर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको झल्को दिने गरी डिभिजन वन कार्यालय तनहुँद्धारा यहाँको एक धार्मिकस्थलमा कृत्रिम हिमाल निर्माण गरिएको छ । पर्यटक अाकर्षित गर्न लागि शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम परिशरमा कार्यालयले निर्माण गरेको हो ।
च्यवनधाममा १०८ धारा माथि माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण लगायतका हिमालको आकृति कुदिएको छ । धाम परिशरको सौन्र्दय...