सडक खुलाउन मनाङमा सेनाको हेलिकप्टरबाट इन्धन पठाइने
रासस
असार ९, २०७८ बुधबार
मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाली सेना, सडक विभाग, सम्बन्धित स्थानका जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि सहभागी बैठकमा सडक अवरुद्ध हुँदा स्थानीयवासीको जीवन कष्टकर भएकाले चाँडो खुलाउन पहल गर्ने विषयमा छलफल भएको थियो ।
झण्डै १० दिनदेखि अवरुद्ध...