वादीहरूको पीडाः जग्गा छैन, घर छैन जीवनभर त्रिपालमुनीकै बास !
गोरखापत्र अनलाइन
पुष १७, २०७६ बिहीबार
जिल्लाका अधिकांश वादी परिवारका लागि घरवासको व्यवस्था नहुँदा जीवन भर त्रिपालमुनीकै बास बस्न बाध्य भएका छन् । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्वहरुको स्थायीरुपमा बसोबास गर्नका लागि आफ्नो नाममा जमिन नभएको कारण उनीहरुले स्थायीरुपमा घर लगाउन नसकेपछि पुस्तौदेखि अहिलेसम्म बाजुराका अधिकांश वादी परिवार त्रिपालमुनीकै बास बस्न् बाध्य भएका हुन् ।
जिल्लाको बुढीगङ्गा, बुढीनन्दा नगरपालिका र गौमुल, हिमाली गाउँपालिकाका...