प्रमको स्वास्थ्यमा क्रमिक सुधार, कुराकानी गर्न शुरु
गोरखापत्र अनलाइन ,
मंसिर १०, २०७६ मंगलवार
एपेन्डिसाइटिसको सल्यक्रिया पछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको र अहिले उहाँले कुराकानी गर्न थाल्नु भएको छ ।
प्रधानमान्त्री ओलीलाई अहिले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर थोरासिस सेन्टरको आईसीयूमा राखी उपचार भईरहेको उहाँको उपचारमा संलग्न डा.अरुण सायमिले बताउनुभयो ।