‘उत्पादनमूलक क्षेत्रले दिगो आर्थिक वृद्धिको आधार तयार गर्छ’
रासस
भाद्र ३१, २०७८ बिहीबार
अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
कोषको ६०औँ वार्षिकोत्सव समारोहलाई आज भर्चुअल सम्बोधन गर्दै उहाँले उत्पादमूलक क्षेत्रले मात्रै दिगो आर्थिक वृद्धिको आधार तयार पार्नेछ भन्नुभयो । “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पु¥याउँछ”, उहाँले भन्नुभयो, “उत्पादन...