३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ
गोरखापत्र अनलाइन
मंसिर १०, २०७८ शुक्रबार
महानगरीय अपराध महाशाखाले प्रतिबन्धित रक्तचन्दनको तेलसहित काठमाडौंको तिलगङ्गाबाट १० जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले अवैध रूपमा बिक्री गर्ने तयारीमा राखेको ३३ लिटर रक्तचन्दनको तेलसहित सिन्धुली हरिहरपुर–४ का हेमकुमार श्रेष्ठ, मकवानपुर गढी–१ का मंगल सिहं लो, काठमाडौँ टोखा–४ का ईक्रम श्रेष्ठ, तिलगंगाका मदन पोडे, छाउनीका अनिल चरण तथा अनुप कुमारलाई पक्राउ गरेको हो ।