सातै प्रदेशमा रेविज विरुद्धको खोप विस्तार, कुनकुन अस्पतालमा पाइन्छ सेवा
गोरखापत्र अनलाइन
मंसिर २, २०७८ बिहीबार
सरकारले रेबिजविरुद्ध पाइने खोपको सेवा विस्तार गर्ने भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध लगाउने खोप सेवा विस्तार गर्ने तयारी भएको बताएको हो ।
मन्त्रालयका अनुसार यसअघि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्र निःशुल्क रुपमा पाइने सेवा सातै प्रदेशमा विस्तार हुन लागेको हो । मंसिर ५ गतेबाट इम्युनोग्लोबुलिन सेवा विस्तार गर्न लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री...