logo
२०८१ बैशाख २५ मंगलवार



सार्क राष्ट्रमा सङ्क्रमण घट्दै, भारतमा सबैभन्दा धेरै भूटानमा कम

स्वास्थ्य |
पढ्नै पर्ने |


सार्क राष्ट्रमा सङ्क्रमण घट्दै, भारतमा सबैभन्दा धेरै भूटानमा कम


आशा साह
काठमाडौं, असार ८ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रिहरूमा पछिल्लो समय कोरोना सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएको छ । कोरोनाको दोस्रो लहरबाट सबैभन्दा धेरै सङ्क्रमित फेला पर्ने राष्ट्रमा भारत रह्यो भने सबैभन्दा कम सङ्क्रमित फेला पर्ने राष्ट्र भूटान रहेको वल्र्डओमिटरको तथ्याङ्कमा उल्लेख छ ।

सार्क राष्ट्रमा कोभिड–१९ को अवस्था हेर्ने हो भने सबैभन्दा बढी निको हुने दर भारतमा देखिएको छ । भारतमा निको हुने दर ९५.९ प्रतिशत छ भने सबैभन्दा कम निको हुने दर अफगानिस्तानको ६६.१ प्रतिशत छ । त्यसैगरी सक्रिय सङ्क्रमित सबैभन्दा बढी अफगानिस्तानमा रहेको तथ्याङ्क छ । त्यहाँ ३९.९ प्रतिशत सक्रिय सङ्क्रमित छन् । त्यस्तै सबैभन्दा कम सक्रिय सङ्क्रमित ६ प्रतिशत बङ्गलादेशमा  छन् भने पाकिस्तानमा ३.८ प्रतिशत रहेका छन् ।त्यसैगरी प्रतिशतको हिसाबले मृत्युदर ३.९ अफगानिस्तानमा छ । सबैभन्दा कम भुटानमा ०.१ प्रतिशत मृत्युदर छ भने नेपालमा १.४ प्रतिशत मृत्युदर छ ।

वर्ल्डओमिटरको मङ्गलबार बिहानसम्मको तथ्याङ्कअनुसार भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९९ लाख ७७ हजार ८६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै तीन लाख ८९ हजार ३०२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् भने दुई करोड ८९ लाख २६ हजार ३८ जना निको भएका छन् । साथै छ लाख ६२ हजार ५२१ जना सक्रिय सङ्क्रमित  छन् ।

सार्क राष्ट्रमध्ये सबैभन्दा कम सङ्क्रमित हुने राष्ट्र भूटान रहेको वल्र्डओमिटरले जनाएकाे छ । यहाँ कुल सङ्क्रमितको सङ्ख्या १९ सय ३९ छ । साथै अहिलेसम्म सङ्क्रमणबाट जम्मा एक जनाको मृत्यु भएको छ भने १६ सय ८५ जना निको भएका छन् । भुटानमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५३ छ ।

त्यस्तै नेपालमा छ लाख २२ हजार ६४० सङ्क्रमित फेला परिसकेका छन् भने पाँच लाख ९९ हजार ९२८ जना निको भइसकेका छन् । साथै आठ हजार ७७२ जनाले सङ्क्रमणको कारण ज्यान गुमाएका छन् । त्यस्तै ५३ हजार ९४० जना सक्रिय सङ्क्रमित छन् ।

वर्ल्डओमिटरको तथ्याङ्कका अनुसार श्रीलङ्कामा दुई लाख ४१ हजार ८२० जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये दुई हजार ६३३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै दुई लाख १३ सय ८९ जना निको भएका छन् । साथै ३७ हजार ७९८ जना सक्रिया सङ्क्रमित छन् ।

यसैगरी अफगानिस्तानमा कुल दश लाख ५७ हजार ५५ जना सङ्क्रमित भएका छन् भने चार हजार २९३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै छ लाख पाँच हजार ७१ जना सङ्क्रमणमुक्त भएका छन् भने ३६ हजार ३९१ जना सक्रिय सङ्क्रमित छन् ।

बङ्गलादेशमा हालसम्म आठ लाख ५६ हजार ३०४ जनामा सङ्क्रमण पुष्टि भइसकेको वर्ल्डओमिटरले जनाएको छ । साथै १३ हजार ६२६ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् । सात लाख ८५ हजार ४८२ जना सङ्क्रमणमुक्त भएका छन् भने ५७ हजार १९६ जना सक्रिय सङ्क्रमित छन् ।

पाकिस्तानमा कुल नौ लाख ४९ हजार ८३८ जनामा सङ्क्रमण पुष्टि हुँदा २२ हजार ३४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै आठ लाख ९४ हजार ३५२ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमित सङ्ख्या ३३ हजार ४५२ छ ।

माल्दिभ्समा कुल सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार ४९ छ । त्यस्तै हालसम्म २०६ जनाले ज्यान गुमाएका छन् भने चार ७५९ जना सक्रिय सङ्क्रमित छन् । साथै छ लाख ७१ हजार ४८ जना निको भएको वल्र्डओमिटरद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?