logo
२०८१ बैशाख २१ शुक्रवार



काठमाडौं महानगरमा बढ्दै सङ्क्रमित, कुन वडामा कति

स्वास्थ्य |


काठमाडौं महानगरमा बढ्दै सङ्क्रमित, कुन वडामा कति


आशा साह
काठमाडौं, साउन २१ गते । कोरोनाभारइसको दोस्रो लहर रोकथाम र नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकासहित देशभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।पछिल्लो समय देशभर फेला पर्ने सङ्क्रमितमध्ये एक तिहाइ उपत्यकामा फेला पर्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको वडागत प्रारम्भिक विवरण हेर्ने हो भने अहिले काठमाडौं जिल्लामा तीन हजार २८४ जना सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशमा गत सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौं महानगरपालिकाले साउन १८ गते सार्वजनिक गरेको प्रारम्भिक विवरणमा काठमाडौं महानगरका ३२ जटा वडामा हालसम्म ७२ हजार ५८ जना कोभिड १९ बाट सङ्क्रमित भइरहेका छन् । जसमा तीन हजार २८४ जना सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये तीन हजार १०४ जना होम आइसोलेसनमा, १२१ जना अस्पतालमा र ५९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोना सङ्क्रमणका कारण काठमाडौं जिल्लामा अहिलेसम्म ५१० जनाले ज्यान गुमाइसकेका छन् भने ६८ हजार २६४ जना सङ्क्रमण मुक्त भएका छन् ।

काठमाडौं महानगर वडा नम्बर १ मा हालसम्म ४१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ३६ जना होम आइसोलेसनमा, तीन जना अस्पतालमा र दुई जना संस्थागत आइसोलेसनमा छन् ।

वडा नम्बर २ मा ४६ जना सक्रिय सङ्क्रमित  छन् । जसमध्ये ४४ जना होम आइसोलेसनमा र दुई जना अस्पतालमा उपचाररत  छन् । वडा नम्बर ३ मा १७५ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये १२८ जना होम आइसोलेसनमा, ४१ जना अस्पतालमा र छ जना संस्थागत आइसोलेसनमा छन् । वडा नम्बर ४ मा १५१ जना होम आइसोलेसनमा, ११ जना अस्पतालमा र छ जना संस्थागत आइसोलेसनमा गरि १६८ जना सक्रिय सङ्क्रमित छन् ।

यसैगरी वडा नम्बर ५ मा १९० जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित सबैजना होम आइसोलेसनमा रहेको काठमाडौं महानगरद्वारा जारी प्रारम्भिक विवरणमा उल्लेख छ । वडा नम्बर ६ मा होम आइसोलेसनमा २३६ जना र दुई जना अस्पतालमा गरि २३८ जना सक्रिय सङ्क्रमित छन् । वडा नम्बर ७ मा ११० जना सक्रिय सङ्क्रमित छन् । सबै जना होम आइसोलेसनमा छन् ।

वडा नम्बर ८ मा १३ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा छन् । वडा नम्बर ९ मा ७७७ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ७७६ जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा छन् । वडा नम्बर १० मा १०२ जना होम आइसोलेसनमा र १० जना आस्पतालमा गरी ११२ जना सक्रिय सङ्क्रमित छन् ।

वडा नम्बर ११ मा ३२२ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबैजना होम आइसोलेसनमा  छन् । वडा नम्बर १२ मा नौ जना सक्रिय सङ्क्रमित छन् । जसमा पाँच जना होम आइसोलेसनमा र चार जना अस्पतालमा उपचाररत छन् । वडा नम्बर १३ मा ५६ जना सक्रिय सङ्क्रमित छन् । जसमा ५४ जना होम आइसोलेसनमा र दुई जना अस्पतालमा छन् । वडा नम्बर १४ मा ९० जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये ८४ जना होम आइसोलेसनमा, पाँच जना अस्पतालमा र एक जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

वडा नम्बर १५ मा १२६ जना सक्रिय सङ्क्रमित छन् । जसमा ८९ जना होम आइसोलेसनमा, सात जना अस्पतालमा र ३० जना संस्थागत आइसोलेसनमा छन् । वडा नम्बर १६ मा २२१ जना होम आइसोलेसनमा, २० जना अस्पतालमा गरि २४१ जना सक्रिय सङ्क्रमित छन् । वडा नम्बर १७ मा ३० जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै होम आइसोलेसनमा छन् । वडा नम्बर १८ मा तीन जना सक्रिय सङ्क्रमित छन् । तीनै जना होम आइसोलेसनमा  छन् ।

वडा नम्बर १९ मा एक जना पनि सक्रिय सङ्क्रमित नरहेको काठमाडौं महानगरद्वारा जारी प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । वडा नम्बर २० मा जम्मा दुई जना सक्रिय सङ्क्रमित छन् । दुवै जना होम आइसोलेसनमा छन् । वडा नम्बर २१ मा १३ जना सक्रिय सङ्क्रमित छन् । १३ जना होम आइसोलेसनमा छन् । वडा नम्बर २२ मा पनि दुई जना मात्र सक्रिय सङ्क्रमित छन् । दुवै जना होम आइसोलेसनम छन् । वडा नम्बर २३ मा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

वडा नम्बर २४ मा छ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् । वडा नम्बर २५ मा नौ जना सङ्क्रमित रहेका छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा रहेका छन् । वडा नम्बर २६ मा ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमा ६८ जना होम आइसोलेसनमा, आठ जना अस्पतालमा र सात जना संस्थागत आइसोलेसनमा रहेका छन् । वडा नम्बर २७ मा सात जना सक्रिय सङ्क्रमित  छन् । जसमा छ जना होम आइसोलेसनमा र एक म जना अस्पतालमा उपचाररत छन् ।

वडा नम्बर २८ मा ११ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा छन् । वडा नम्बर २९ मा ४५ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित सबै जना होम आइसोलेसनमा छन् । वडा नम्बर ३० मा १३ जना सक्रिय सङ्क्रमित छन् । १३ जना होम आइसोलेसनमा छन् । वडा नम्बर ३१ मा ७९ जना होम आइसोलेसनमा र दुई जना अस्पतालमा गरी ८१ जना सक्रिय सङ्क्रमित छन् । वडा नम्बर ३२ मा २६५ जना सक्रिय सङ्क्रमित छन् । जसमध्ये २५६ जना होम आइसोलेसनमा, तीन जना अस्पतालमा र छ जना संस्थागत आइसोलेसनमा रहेको काठमाडौं महानगरपालिकाद्वारा प्रारम्भिक विवरणमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?