logo
२०८१ बैशाख २२ शनिवार



गाँजा औषधिजन्य प्रयोगमा खुला गर्ने विधेयक तयार, मन्त्रिपरिषद् पठाइयो

स्वास्थ्य |
खुला |


गाँजा औषधिजन्य प्रयोगमा खुला गर्ने विधेयक तयार, मन्त्रिपरिषद् पठाइयो


काठमाडौँ, फागुन १२ गते । सरकारले गाँजालाई औषधिका रुपमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।
मन्त्रालयले विधेयक तयार गरी गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि मंगलबार पठाएको मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, सङ्कलन, विक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ । त्यो विधेयक पारित भइ कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ ।
यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ । ‘लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्छ,’ उपसचिव उपाध्यायले भन्नुभयो ।
मन्त्रालयले केही दिन अघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा ‘गाँजाको औषधिय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो । यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ ।
काठमाडौँ विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै सङ्घसंस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन् ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?