उपत्यकामा चाप, सामान्य बेडलाई आईसीयू बनाइँदै, अन्यत्र सन्तोषजनक
गोरखापत्र अनलाइन
कार्तिक १६, २०७७ आईतवार
नेपालका सातैवटा प्रदेशमा आईसीयू ९५९ बेड रहेकोमा २९६ वटा आइसीयूमा राखेर संक्रमितको उपचार भैरहेको छ । त्यस्तै नेपालभरमा ४२३ वटा आईसीयूसहितको भेन्टिलेटर रहेकोमा ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । तंथ्याङ्गलाई हेर्दा बागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको सख्या धेरै भएकाले आईसीयु तथा आइसियुसँगैको भेन्टिलेटर बेडको संख्यामा भने अभाव देखिएको छ ।