जाडाेमा मुटुराेगले सताउन सक्छ, कोलेस्टेरोल नियन्त्रणबारे चिकित्सकको सुझाव
गोरखापत्र अनलाइन
कार्तिक १२, २०७७ बुधबार
रगतमा धेरै मात्रामा कोलेस्टेरोेल भएमा हृदयाघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयाघात हुने सम्भावनालाई कम गर्न सकिन्छ । कोलेस्टेरोेल शरीरका प्रत्येक कोषमा पाइने नरम चिल्लो पदार्थ हो, जुन शरीरका लागि अत्यावश्यक हुन्छ तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुनसक्छ । यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ । मासु, दूधबाट बनेका पदार्थ तथा अण्डाको पहँेलो भाग यसका प्रमुख...