तातोपानी गाउँपालिकाले सुरु ग-योे कोभिड अस्पताल
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७७ बिहीबार
जुम्लाको तातोपानी गाउँपालिकाले पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको छ । गाउँपालिकाले ५ नम्बर वडाको ऐरेनीमा रहेको हेल्थपोष्टमा कोभिड अस्पताल सुरु गरेको हो ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ । आवश्यक सुविधा थप्दै जाने योजना रहेको जानकारी दिनुभयो । आइसियू, भेन्टिलेटरसहितका उपकरण थप्ने तयारी गरिएको छ । यसैगरी संघीय सरकारले सहयोग गरेको...