भेरी अस्पतालको परीक्षणमा शुक्रबार ४१ थपिए, ३७ निको भएर फर्किए
गोरखापत्र अनलाइन
कार्तिक ७, २०७७ शुक्रबार
भेरी अस्पताल नेपालगञ्जमा रहेको पिसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा शुक्रबार ४१ जनामा संक्रमण देखिएको छ । शुक्रबार नै जिल्लामा ३७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
भेरी अस्पतालद्धारा शुक्रबार दिउँसो जारी गरिएको विज्ञप्तिमा पछिल्लो २४ घण्टामा बाँकेका २४ र अन्य जिल्लाका १७ जना गरेर ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
भेरीको सो प्रयोगशालामा पछिल्लो २४ घन्टामा १०३ जनाको मात्र स्वाब नमुना परीक्षण...