सडकमा जथाभावी नथुक्नुहोस्, कोरोना फैलन सक्छ
सम्पदाअनुरञ्जनी खतिवडा
असार ७, २०७७ आईतवार
सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि मानिसको चहलपहल बढेसँगै भाइरस फैलने जोखिमसमेत बढेको छ । मानिसहरू सार्वजनिक स्थलमा मास्क लगाइरहेका तथा हात सफा गरिरहका देखिन्छन् । यद्यपि धेरैले सार्वजनिक स्थानहरूमा जथाभावी थुक्नेजस्ता धेरै बानी छोड्न सकेका छैनन्, जसले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई झन् तीव्र बनाउँछ ।