कास्कीसहित गण्डकीमा थपिए ३२ सङ्क्रमित, प्रदेशभर कुल ७२९ सङ्क्रमित
गोरखापत्र अनलाइन ,
असार १०, २०७७ बुधबार
गण्डकी प्रदेशमा कास्कीसहित आठ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७२९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणको बुधबार बिहानको पछिल्लो विवरण अनुसार बाग्लुङमा नाै ,स्याङ्जामा सात, लमजुङमा पाँच, पर्वतमा एक, कास्कीमा पाँच, गोरखामा एक जना, नवलपुरमा तीन र तनहुँ एक जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।