गण्डकीमा थपिए १६ सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ५०४ पुग्यो
गोरखापत्र अनलाइन ,
असार ७, २०७७ आईतवार
आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको छ । गण्डकी प्रदेशको ११ वटै जिल्लामा कारोना सङ्क्रमित देखिएका छन् ।